PahiloPost

May 23, 2025 | १० जेठ २०८२

नेपाललाई यूएईको १ सय ९२ रनको लक्ष्य, सोमपाल र ललितले लिए समान ३ विकेट



पहिलोपोस्ट

नेपाललाई यूएईको १ सय ९२ रनको लक्ष्य, सोमपाल र ललितले लिए समान ३ विकेट

काठमाडौं: नेपाल-यूएई एकदिवसीय सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको हो।

मध्यक्रमबाट लय बिगारेको यूएईले सुरुवात भने राम्रो गरेको थियो। यूएईलाई सानदार सुरुवात दिलाउन ओपनर द्वय बृत्य अरविन्द र मोहम्मद वसीमले ७२ रनको साझेदारी गरे। नेपालका दीपेन्द्रसिंह ऐरीले ११.५ ओभरमा बृत्य अरिविन्दको विकेट लिँदै नेपाललाई ब्रेक थ्रू दिलाएका थिए।

यूएईका लागि मोहम्मद वसीमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा एलिसन सरफूले ३५ तथा बृत्य अरविन्दले २५ रन बनाए। त्यस्तै बसिल हमिदले २४ रन बनाउँदा कप्तान आरपी रिजवानले २२ तथा विष्णु सुकुमरनले १५ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र ललितनारायण राजवंशीले समान ३ विकेट लिँदा करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए।

नेपाली टोली केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। अघिल्लो खेलमा सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो। उक्त खेलमा कमजोर ब्याटिङ गर्दा लक्ष्यसम्म पुग्न सकेको थिएन।

पहिलो खेल गुमाएको नेपालले आजको खेलमा प्लेइङ ११ मा १ परिवर्तन गरेको छ। अघिल्लो खेलमा डेब्यु गरेका हरिशंकर शाहको स्थानमा अनुभवी ब्याट्सम्यान आरिफ शेखले स्थान बनाएका छन्।

कोको छन् प्लेइङ ११ मा?

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell