PahiloPost

Jun 15, 2025 | १ असार २०८२

अमेरिकालाई फेरि महान् बनाउने भन्दै ट्रम्पले राष्ट्रपति पदमा पेश गरे दाबेदारी



पहिलोपोस्ट

अमेरिकालाई फेरि महान् बनाउने भन्दै ट्रम्पले राष्ट्रपति पदमा पेश गरे दाबेदारी
Photo : Getty Images

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि दाबेदाबी घोषणा गरेका छन्। अमेरिकामा 'मिडटर्म' निर्वाचन सम्पन्न भएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।

फ्लोरिडामा उनले 'अमेरिकालाई हामीले बचाउनुपर्छ' भन्दै तेस्रोपटक राष्ट्रपति पदमा पार्टीभित्र दाबेदारी पेस गरेका हुन्। 'मिडटर्म' निर्वाचनमा अपेक्षा गरिएअनुसार रिपब्लिकन पार्टीले सफलता हासिल गर्न सकेन। सो निर्वाचनलाई ट्रम्पको लागि अग्निपरीक्षाका रुपमा समेत व्याख्या गरिएको थियो। असफलता हासिल नगरे पनि ट्रम्पले पूर्व अनुमान गरिएझै दाबेदाबरी दिएका हुन्।

फ्लोरिडामा एक सभालाई सम्बोधन गर्दै ट्रम्पले बितेका दुई वर्षमा अमेरिकोको नेतृत्व गरिरहेका राष्ट्रपति जो बाइडेनको कार्यकालले नागरिकहरुमा पीडा बढेको समेत बताए।

अमेरिकालाई पुन: महान बनाउन आफू फेरि राष्ट्रपति पदको दाबेदार बन्ने घोषणा उनले गरेका हुन्। यसअघि राष्ट्रपति हुँदा पनि ट्रम्पले 'मेक अमेरिका ग्रेट अगेन' अभियान चलाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell