PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस उम्मेदवारको पक्षमा खुले केकी र प्रदीप



पहिलोपोस्ट

कांग्रेस उम्मेदवारको पक्षमा खुले केकी र प्रदीप

काठमाडौं : आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ। मतदान गर्ने दिन संघारमा आउँदै गर्दा दल एवम् उम्मेदवारहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन्। यसबिच कलाकारहरुले पनि आफूलाई मनपर्ने उम्मेवारलाई भोग माग्न थालेका छन्।

अभिनेत्री केकी अधिकारी काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापाको समर्थनमा उभिएकी छिन्। केकीले भोट मागेको भिडियो सार्वजनिक गर्दै गगनले फेसबुकमार्फत धन्यावादसमेत दिएका छन्। नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको केकीको दाबी छ।

‘मैले गगन थापा दाईलाई विभिन्न माध्यमबाट भेट्ने र चिनजान गर्ने अवसर पाएकी छु। भेटघाट र संवादका क्रममा उहाँले दर्साउनु भएको राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता अनि संसद र संविधानप्रतिको लगाव प्रशंसनीय छ’, केकी भन्छिन्, ‘कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको क्षणलाई मैले सम्झिन चाहे। जनसरोकार र जनजिविकाको सवालमा उहाँले एक जनप्रतिनिधित्वको रुपमा देखाउनुभएको भूमिका, संघर्ष र साहष हामी सबैका लागि प्रेरणादायी छ।’

गगनले संसदमा राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछिन् केकी। ‘नेपाली जनताको मुद्दामा चासो राख्ने र सक्रियता देखाउने कमै जनप्रतिनिधीमध्ये आफूलाई अग्रगामी रुपमा राख्नुभएको छ। उहाँलाई भोट गरेर असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गर्छु। सफल राजनीतिज्ञको रुपमा दाइको उदय होस् भन्ने कामना गर्छु।’

त्यसैगरि, हिजो मात्रै अभिनेता प्रदीप खड्का पनि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको पक्षमा खुलेका थिए। मंगलवार बर्दघाटमा भएको सत्तारुढ गठबन्धनको चुनावी सभामा उनले नवलपरासी-१ का उम्मेदवार कांग्रेस नेता तथा उद्यमी विनोद चौधरीलाई भोट मागेका हुन्। भारतबाट आएलगत्तै प्रदीप चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell