PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

अञ्जनको निर्णायक गोलमा पाकिस्तानमाथि नेपालको जित



पहिलोपोस्ट

अञ्जनको निर्णायक गोलमा पाकिस्तानमाथि नेपालको जित

काठमाडौं: पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पाकिस्तानलाई हराउन अञ्जन बिस्टले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन्।

पाकिस्तानी टोली तीनवर्षको फिफाको प्रतिबन्धबाट फर्किएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गरेको हो। रंगशालामा करिब ७ हजार समर्थकको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell