PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टुंगिएको प्रदेश राजधानीलाई गृहमन्त्रीले बनाए चुनावी मुद्धा, ‘लुम्बिनीको स्थायी राजधानी बुटवलमै रहन्छ'



रमेश पराजुली

टुंगिएको प्रदेश राजधानीलाई गृहमन्त्रीले बनाए चुनावी मुद्धा, ‘लुम्बिनीको स्थायी राजधानी बुटवलमै रहन्छ'

बुटवलः गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन्। स्थायी राजधानी तोकिएको क्षेत्र दाङको देउखुरीमा कुनै पूर्वाधार नभएको भन्दै उनले स्थायी राजधानीका लागि उपयुक्त स्थान बुटवल नै भएको बताए।

खाणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे।

‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिँचाइ, सडक, भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुन्छ यतिधेरै सरकारको रकम खर्च गर्न सकिँदैन। प्रदेशले त्यसलाई परीक्षण गरोस्। निर्णय सच्याओस्।’

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे। उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ सञ्जालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउँदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुनर्विचार हुने दाबी गरे।

गृहमन्त्री खाणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै सहमति विना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनी दिए। गृहमन्त्री खाणले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको उल्लेख गदै विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए। लुम्बिनी प्रदेश सभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell