PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पैसा बाँडेको आरोपमा कानुनमन्त्री विन्दुकुमार डेढ घण्टा घेराउमा, उजुरी दिने एमालेको तयारी



पहिलोपोस्ट

पैसा बाँडेको आरोपमा कानुनमन्त्री विन्दुकुमार डेढ घण्टा घेराउमा, उजुरी दिने एमालेको तयारी

पोखराः गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापालाई पैसा बाँड्न लागेको आरोपमा घेराउमा परेका छन्। कास्की २(ख) का उम्मेदवार समेत रहेका थापालाई पैसा बाँड्न लागेको आरोपमा पोखरा १६ बाटुले चौरको गन्धर्व बस्तीमा एमालेका नेताले डेढ घण्टा घेराउमा पारेका हुन्।

साँझ साढे सात बजे बस्तीमा पुगेका उनलाई एमालेका नेता तथा कार्यकर्ताले घेराउ गरेका थिए। उनलाई सुरक्षाकर्मीको रोहबरमा छोडिएको थियो।

प्रहरी स्रोतका अनुसार पैसा बाँड्न हिँडेको आरोप लागे पनि उनीबाट नगद भने बराबद भएन। यद्यपि बस्ती छिरेको चार गाडीमध्ये दुई गाडी भाग्न सफल भएका छन्। मन्त्री थापाको गाडीसहित दुई गाडीमा करिब १४ जना कार्यकर्ता थिए।

यस्तै थापाविरुद्ध भोलि एमालेले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा उजुरी दिने तयारी गरेको छ।

यता थापाको सचिवालयले भने घटनालाई सुनियोजित भनेको छ। विज्ञप्ति जारी गर्दै गठबन्धन दलको पक्षमा जनलहर देखिएकाले सुनियोजित प्रचार भएको दाबी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell