PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पोल्याण्डमा खसेको मिसाइल सम्भवतः युक्रेनको हो : नेटोका महासचिव स्टोल्टनबर्ग



पहिलोपोस्ट

पोल्याण्डमा खसेको मिसाइल सम्भवतः युक्रेनको हो : नेटोका महासचिव स्टोल्टनबर्ग

पोल्याण्डमा मंगलवार खसेको मिसाइल सम्भवतः युक्रेनको भएको नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बताएका छन्। ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु भएको थियो।

‘सम्भवतः यो युक्रेनी एयर डिफेन्स मिसाइल हो,’ उनले युक्रेनी सीमानजिकै विस्फोटको अनुसन्धान जारी रहेको जानकारी दिँदै भने।

तर, अन्ततः युक्रेनमा जारी आक्रमणका कारण यसको दोषी रसिया नै रहेकोमा उनले जोड दिए।

यता, युक्रेनले भने रसियाले नै मिसाइल प्रहार गरेको दाबीलाई जारी राखेको छ।

‘यो हाम्रो मिसाइल होइन भन्नेमा मलाई कुनै शंका छैन,’ राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक टेलिभिजन सम्बोधन भनेका छन्, ‘हाम्रो सैन्य रिपोर्टको आधारमा यो एक रसियाली मिसाइल हो भन्नेमा मलाई पूर्ण विश्वास छ।’

सीमाबाट ६ किलोमिटर टाढा रहेको प्रजेवोडोको फार्ममा भएको विस्फोटको अनुसन्धानमा युक्रेनलाई सहभागी हुन अनुमति दिनु आवश्यक रहेको उनले बताए।

रसियाले आक्रमण सुरु गरेदेखिकै सबैभन्दा ठूलो मिसाइल हमला गरेपछि मंगलवार युक्रेनी वायु रक्षा प्रणाली ‘एक्टिभेट’ गरिएको थियो।

दर्जनौँ रसियाली मिसाइल प्रहार गरिएको भएपनि मध्ये धेरैलाई खसाल्न सफल भएको युक्रेनको दाबी छ।

इन्डोनेसियामा जी२० शिखर सम्मेलन जारी रहँदा रसियाले युक्रेनमा ठूलो आक्रमण गरेपछि अन्तर्राष्ट्रिय रुपमा यसको निन्दा गरिएको छ। नेटो सदस्य रहेको पोल्याण्डमा मिसाइल खसेको खबरले युद्ध खतरनाक रूपमा बढ्न सक्ने डर पैदा गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell