PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

अमेरिकी सदनमा रिपब्लिकन्सको बहुमत, सिनेट भने डेमोक्र्याट्सकै नियन्त्रणमा



पहिलोपोस्ट

अमेरिकी सदनमा रिपब्लिकन्सको बहुमत, सिनेट भने डेमोक्र्याट्सकै नियन्त्रणमा
Photo: Joshua Roberts/Reuters

अमेरिकी सदनमा रिपब्लिकन्सले बहुमत ल्याएको छ। ‘मिडटर्म’ निर्वाचनको एक हप्तापछि रिपब्लिकन्सले कंग्रेसको तल्लो सदनमा बहुमतका लागि आवश्यक २१८ सीट जितेको हो

हाउसमा पार्टीको मार्जिन पातलो भएपनि राष्ट्रपति जो बाइडेनको एजेन्डा आगामी दुई वर्षको लागि रोक्न रिपब्लिकन्सलाई यो पर्याप्त हुनेछ। तर, जनवरीमा नयाँ कंग्रेसको बैठक हुँदा सिनेटको नियन्त्रण भने डेमोक्र्याट्सकै हुनेछ।

दुवै सदनको नियन्त्रण फिर्ता लिने आशा गरिएको रिपब्लिकन्सले गत हप्ताको ‘मिडटर्म’मा अपेक्षाकृत प्रदर्शन गर्न सकेन।

क्यालिफोर्नियाको २७औँ जिल्लामा माइक गार्सियाले जित हासिल गरेसँगै रिपब्लिकन्सले बहुमतका लागि आवश्यक सिट जितेको हो।

सीबीएसका अनुसार रिपब्लिकन पार्टीले अब ४३५ सिट भएको हाउसमा २२३ सिटसम्म जित्न सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell