PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बेवारिसे अवस्थामा डेढ करोड रुपैयाँ बराबरको मदिरा र चुरोट भेटियो!



पहिलोपोस्ट

बेवारिसे अवस्थामा डेढ करोड रुपैयाँ बराबरको मदिरा र चुरोट भेटियो!

काठमाडौः सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमान्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो।

अवैध रूपले चोरी पैठारी गरी ल्याइएको सामानमा महँगा मदिरा, चुरोट लगायतका रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई अवैध सामानबारे गोप्य सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक गुरुङ कमान्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ। निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell