PahiloPost

May 23, 2025 | १० जेठ २०८२

कतार विश्वकप संघारमा पुग्दा फ्रान्सेली राष्ट्रपतिले भने : खेल क्षेत्रलाई राजनीतिकरण नगरौं



पहिलोपोस्ट

कतार विश्वकप संघारमा पुग्दा फ्रान्सेली राष्ट्रपतिले भने : खेल क्षेत्रलाई राजनीतिकरण नगरौं
Photo : Reuters

फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले खेल क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्। कतार विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा माक्रोनले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका हुन्।

मानवअधिकार उल्लंघनको विषयलाई लिएर अहिले कतार विश्वकपको आलोचना भइरहेको छ। न्यूयोर्क टाइम्सदेखि पश्चिमा मिडियाले अहिले कतार विश्वकपमा भएको मानवअधिकार उल्लंघनको विषयलाई प्राथमिकताका साथ उठाइरहेको छ। केहीले यो विश्वकपलाई बहिष्कार गर्नुपर्ने आवाज उठिरहेको। यस्तो अवस्थामा फिफाले पनि खेलमा मात्र ध्यान दिन आग्रह गरिसकेको छ।

सन् २०१८ मा भएको विश्वकप फ्रान्सले जितेको थियो। आफ्नो राष्ट्रिय टोली उपाधी रक्षा गर्न कतार पुग्दा माक्रोनले अहिले विश्वकपमा मात्रै ध्यान दिनुपर्ने बताएका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell