PahiloPost

May 14, 2024 | १ जेठ २०८१

रविन्द्र मिश्रलाई सहयोग गर्न लाग्यो भनेर प्रकाशमान सिंहले हल्ला फैलाए : किरण पौडेल



पहिलोपोस्ट

रविन्द्र मिश्रलाई सहयोग गर्न लाग्यो भनेर प्रकाशमान सिंहले हल्ला फैलाए : किरण पौडेल

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं १ मा प्रतिनिधिसभा उम्मेदवार किरण पौडेले सत्ता गठबन्धनबाट आफ्ना प्रत्यासी प्रकाशमान सिंहको आलोचना गरेका छन्। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले प्रकाशमानले काम गर्न सक्दा आफूहरुमाथि पनि औंला उठाइएको बताएका हुन्।

पौडेलले काठमाडौं १ मा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्र लाई सहयोग गर्छ भनेर हल्ला फैलाइएको बताए। सो हल्ला प्रकाशमान सिंहले नै फलाएको उनले आरोप लगाएका छन्।

'रविन्द्रलाई किरण पौडेलले समर्थन गर्छ भनेर प्रकाशमानले फैलाएको हल्ला हो। यो सत्य छैन,' उनले भने।

यस्तै, पौडेलले सुकुम्बासी बस्तीमा डोजर चलाउने एमाले लागेको भनेर पनि हल्ला फैलाइएको बताए।

'सुकुम्बासी बस्तीमा डोजर हान्न एमाले लागेको भनेर पनि प्रकाशमानले नै हल्ला फैलाएको हो,' उनले भने।

पौडेलले प्रकाशमानका कारण आफूहरुमाथि प्रश्न उठाइएको पनि बताए। प्रकाशमान संसदमा हुँदा के गरे भनेर प्रश्न गर्दै पौडेले भने, 'प्रकाशमानले आफ्नो कार्यकालमा के के गरे? प्रकाशमानका कमजोरीका कारण हामीहरुले दागहरु भिरेर हिँडनु परेको छ। उनीहरुले काम नगर्दा हामीमाथि आरोप छ।'

उनले आफू फेसबुक ट्वीटरबाट बुस्त गरेर आएको पात्र नभएको भन्दै मदन भण्डारीको विसारत जोगाउन आएको समेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell