PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

बलिउडमा डेब्यू गर्दैछन् सैफ अली खानका छोरा इब्राहिम



पहिलोपोस्ट

बलिउडमा डेब्यू गर्दैछन् सैफ अली खानका छोरा इब्राहिम

बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानले चाँडै नै बलिउडमा डेब्यू गर्दैछन्। करण जोहरको फिल्ममा इब्राहिमले अभिनय गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

करण जोहरले निर्माण गर्ने फिल्मको कथा भारतीय सेनाको वरिपरि हुनेछ। सन् २०२३ मा रिलिज हुने यस फिल्मलाई बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्नेछन्।

ठूलो बजेटमा बन्ने फिल्ममा इब्राहिमको महत्वपूर्ण भूमिका रहने बताइएको छ। यद्यपि फिल्मको आधिकारिक घोषणा भने हुनसकेको छैन। हाल इब्राहिमले करण जोहरको आगामी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सहयोग गरिरहेका छन्।

सैफ अली खानकी जेठी छोरी सारा अली खानले सन् २०१८ मा बलिउडमा डेब्यू गरेकी थिइन्। उनको पहिलो फिल्म ‘केदारनाथ’ ले राम्रो चर्चा कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell