PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रविको उम्मेदवारी विवादबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : अन्तरिम आदेशको झट्का खान आयोगलाई इच्छा छैन



पहिलोपोस्ट

रविको उम्मेदवारी विवादबारे प्रमुख निर्वाचन आयुक्त भन्छन् : अन्तरिम आदेशको झट्का खान आयोगलाई इच्छा छैन

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको योग्यताको बारेमा परेका उजुरीको सम्बन्धित निकायसँग सोधेर निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए। आयोगले निरुपण गर्ने बाहेक अन्य निकायसम्म सोध्नुपर्ने निर्णयहरु सम्बन्धित निकयमा सोधेर निर्णय गर्ने उनले बताएका हुन्।

अहिले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेको छ। यसै विषयमा सोधिएको प्रश्नमा थपलियाले आफैंले निरुपण गर्न सक्ने उजुरीमा सात दिनभित्र र अन्य निकायलाई सोधेर निर्णय गर्ने घटनामा सोधेर ७ दिनपछि पनि निर्णय गर्ने जवाफ दिएका हुन्।

'अरु कुनै पनि विषयमा आयोग आफैंले निरुपण गर्ने विषय छ भने आयोगले सात दिनभित्र निर्णय गर्छ। अर्को निकायलाई सोध्नु पर्नेछ भने त्यो अवधिमा सोधेर हामीले क्लियर गर्छौं। हामीले गरेको निर्णयको मसी सुक्न नपाउँदै अन्तरिम आदेशको झट्का खान आयोगलाई पनि इच्छा छैन,' आयुक्त थपलियाले भने।

मतपरिणाम आएपछि पनि उम्मेदवारको योग्यतामा सर्वोच्चमा मुद्दा लाग्ने उनले बताए। योग्यता ढाँटेर आएको भए पाँच वर्षसम्म पनि कारबाहीको भागिदार हुन सक्ने उनले बताएका थिए।

लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको र नेपाल फर्किएपछि पुन: नागरिकता लिन प्रक्रिया अघि नबढाएको भन्दै उनको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै आयोगमा निवेदन परेको छ। नागरिकताको विषय गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित हुने हुँदा आयोगले अब त्यहाँबाट पनि बुझेर यसबारेमा फैसला गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell