PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?



पहिलोपोस्ट

कति दिनमा आउन सक्छ प्रतिनिधिसभा निर्वाचनको मत परिणाम ?

काठमाडौं : आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले दलहरु अहिले आक्रामक प्रचारमा लागिरहेका छन्। मंसिर ४ गते हुने निर्वाचनको तयारी लगभग पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

मतदानको तयारीसँगै निर्वाचन आयोगले तीन दिनभित्र निर्वाचन मरिणाम सार्वजनिक गर्ने गरि काम भइरहेको पनि जानकारी दिएको छ।

बिहीवार पत्रकार सम्मेलनका क्रममा तीन दिनभित्रमा प्रत्यक्ष तर्फको निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने गरि तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए। त्यस्तै, समानुपातिक तर्फ भने मतपरिणाम आउन थप पाँच दिन लाग्ने गरि तयारी भइरहेको उनको दाबी थियो।

मंसिर २२ गते सम्पूर्ण निर्वाचनको परिमाण सहित राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने गरि काम हुनेसमेत प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

मंसिर ४ गते बिहान ७ बजेबाट प्रतिनिधि र प्रदेशसभाको निर्वाचन अन्तर्गत एकैचरणमा देशभर मतदान हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell