PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गगन थापालाई भावी प्रधानमन्त्री भन्दै प्रदीप खड्काले मागे भोट



पहिलोपोस्ट

गगन थापालाई भावी प्रधानमन्त्री भन्दै प्रदीप खड्काले मागे भोट
Photo : screenshot / Gagan Thapa Facebook

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत शुक्रवारबाट मौन अवधि सुरु हुँदैछ। मतदान गर्ने दिन नजिकिएसँगै दल र उम्मेदवारहरु मतदाता रिझाउन लागि परेका छन्। यसैबिच, अभिनेता प्रदीप खड्का पनि आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा खुलेरै बोलिरहेका छन्।

मंगलवार नवलपरासी-१ का नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उद्यमी विनोद चौधरीलाई भोट मागेका थिए प्रदीपले। अहिले भने प्रदीप काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापाको पक्षमा समेत उभिएका छन्। प्रदीप हिजो भोट माग्न गगनको चुनावी घरदैलो कार्यक्रममा पुगेका थिए।

घरदैलोमा पुगेका प्रदीपले गगनको लागि भोट माग्दै उनलाई भावी प्रधानमन्त्री समेत भन्न भ्याए। प्रदीपले भिडियोमा भनेका छन्, ‘दाइमाथि मलाई पुरा विश्वास छ। भावी प्रधानमन्त्रीको रुपमा आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ। म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भनेका छन्। सो भिडियो गगनले आफ्नो फेसबुक पेजमा सेयर समेत गरेका छन्।

त्यसपछि सँगै उभिएका गगनले पनि प्रदीपको तारिफ गर्दै भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु।’

पार्टीगत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा आफू गगनको समर्थक रहेको प्रदीपको दाबी छ। प्रदीपले यसपटकको निर्वाचनमा नयाँ र योग्य उम्मेदवारहरुलाई भोट दिनुपर्ने भन्दै प्रचार पनि गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell