PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रदीप पौडेल होनाहार नेता हुन्, उपयुक्त उम्मेदवार हुन् : बाबुराम भट्टराई



पहिलोपोस्ट

प्रदीप पौडेल होनाहार नेता हुन्, उपयुक्त उम्मेदवार हुन् : बाबुराम भट्टराई

काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आयोजना गरेको चुनावी सभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचन विशिष्ट प्रकृतिको रहेको बताएका छन्। 

प्रतिनिधिसभा काठमाडौं-५ मा पर्ने महाराजगंजमा आयोजित चुनावी सभामा उनले खतराको समय आइसकेको भन्दै गणतन्त्रलाई जोगाउनुपर्ने बताए।

भने, 'मंसिर ४ को निर्वाचन सामान्य चुनाव हैन। यसपटकको विशिष्ट प्रकृतिको छ। हाम्रो असन्तुष्टि छ। राजनीतिक दलप्रति युवाहरूको आक्रोश सामाजिक सञ्जालमा देखिन्छ। खतरनाक बेला हो यो। यसलाई सम्बोधन गरेन भने कसले कता लान्छ हामीले थाह पाउन सक्दैनौं। जनताको असन्तुष्टि छ, बेरोजगारीलगायत विषयमा।' 

जनताको अपेक्षामा खडा उत्रन नेताहरु नसकेको आफूलाई बोध भएको भन्दै उनले निर्वाचनमा गठबन्धनको जित नभए अराजकता निम्तिन सक्ने उनले बताए। 

'मलाई पनि बोध हुन्छ कतै चुक्यो कि? नत्र अराजकता निम्तिन सक्छ। प्रतिगामी शक्तिले डुंगामा प्वाल पार्न खोजेका छन् संविधान च्यातच्युत पार्न खोजेका छन् संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनुपर्‍यो।'

बाबुरामले काठमाडौं ५ बाट उम्मेदवार रहेका प्रदीप पौडेलको तारिफ गर्दै उनको लागि मत समेत मागे।

'हामीसँग धेरै विकल्प छैन। प्रदीप पौडेल होनहार नेता हुन्। उपयुक्त उम्मेदवार हुनुहुन्छ,' बाबुरामले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell