
काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आज चुनावी सभाको आयोजना गरिरहेको छ। काठमाडौं-५ मा पनि गठबन्धनले सभा गरिरहेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उम्मेदवार छन्।
प्रदीपको समर्थनमा महाराजगंजमा आयोजित सभामा कांग्रेस नेता नरहरि आचार्य पनि पुगे। उनले प्रदीपको पक्षमा मत माग्दै भने,'मतदानमात्र सबै कुरा हैन, मतको संरक्षण चनाखो भएर गरौ अधिकतम मान्छेलाई मतदान केन्द्रमा पुर्याउनु प्रदीप पौडेल संघीय उमेदवार हुन्।'
आचार्यले निर्वाचनमा लड्ने व्यक्ति युवामात्र भएर नहुने भन्दै उनीहरुको कार्यशैली पनि राम्रो हुनुपरर्ने बताएका छन्।
'उहाँसँग कार्यशैली राम्रो छ। पौडेललाई समर्थन गर्न म आएको हुँ,' उनले भने।
उनले हालसम्म कांग्रेस नेतृत्वको सरकारले बाहेक चुनाव नगराएको भन्दै थप भने, 'यो पार्टी भए पनि सबैलाई समन्वय गर्न सक्ने क्षमता राख्दछ रुखमा मत हाल्न लगाउँ। अरु गठबन्धनका उम्मेदवारलाई पनि हाल्नुहोला।'