PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी



पहिलोपोस्ट

गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी

बुटवलः रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाहको उजुरी परेको छ। सत्ता गठबन्धनका उम्मेदवार खाण बहुविवाहमा संलग्न रहेको भन्दै उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही ३ मा उजुरी परेको हो।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन्। उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ।’ 

निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपश्चात प्रक्रिया अगाडि बढाइने बताएपछि रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell