PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ओलीले फेरि सरकार बनाउने सपना नदेखे हुन्छ : माधवकुमार नेपाल



पहिलोपोस्ट

ओलीले फेरि सरकार बनाउने सपना नदेखे हुन्छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब फेरि नेकपा एमालेको नेतृत्वमा सरकार नबन्ने बताएका छन्।

कोटेश्वारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले केपी शर्मा ओलीको आलोचना गरे।

भने,'ओलीलाई फेरि सरकार बनाउने सपना नदेखे हुन्छ।'

उनले मंसिर ४ को निर्वाचन पछि फेरि गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले गठबन्धनका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह पनि गरेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell