PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

म ज्युँदो छु भन्ने प्रमाण माग्ने छन् तर म विवादसँग डराउने मान्छे होइन : रवि लामिछाने



पहिलोपोस्ट

म ज्युँदो छु भन्ने प्रमाण माग्ने छन् तर म विवादसँग डराउने मान्छे होइन : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध विभिन्न पटक शंकाको तिर रोपिएको बताएका छन्। चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रविले आज त्यहाँ आयोगित सभालाई सम्बोधन गर्दै आफूमाथि विभिन्न शंकाको तिर रोपेको बताएका हुन्।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानका लागि केही दिन बाँकी रहँदा रवि लामिछानेविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेको छ। त्यही विषयलाई लिएर रविले अहिले आफूलाई ज्यँदो छु भन्ने प्रमाण समेत माग्न बाँकी रहेको बताएका छन्। तर, आफू जस्तो सुकै विवादसँग पनि लड्न सक्ने उनले बताए। उनले आफू विवादसँग डराउने मान्छे नभएको पनि बताएका हुन्।

उनले चितवनमा अब भोटमा धाँधली गर्ने कसैको हिम्मत समेत हुन नसक्ने बताएका छन्। जनमतलाई जित्न नसकेपछि विभिन्न षड्यन्त्रहरु हुने गरेको पनि आरोप लगाएका छन् उनले।

'म व्यवस्थापन गर्न आएको। विस्थापन गर्न आएको मान्छे होइन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell