PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ओन्सरीलाई 'विकासे मन्त्री' बनाउने भनेका प्रचण्डले आज भने : घर्ती प्रधानमन्त्री बन्ने सक्ने नेता हो



पहिलोपोस्ट

ओन्सरीलाई 'विकासे मन्त्री' बनाउने भनेका प्रचण्डले आज भने : घर्ती प्रधानमन्त्री बन्ने सक्ने नेता हो

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवार र दलहरुले आआफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन्। यसबिच आज सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गर्‍यो।

काठमाडौं २ बाट नेकपा माओवादी केन्द्रले पूर्व सभामुख ओन्सरी घर्ती मगरलाई उम्मेदवार बनाएको छ। आजको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओन्सरीको तारिफ गरेका छन्।

प्रचण्डले ओन्सरी प्रधानमन्त्री बन्न सक्ने नेता भएको समेत बताए।

'ओन्सरी घर्ती प्रधानमन्त्री बन्न सक्ने नेता हो। उहाँलाई जिताउनु भयो भने त्यो सम्भावना छ,' प्रचण्डले सम्बोधनका क्रममा भने।

केही हप्ता अघि काठमाडौं २ मै आयोजित उम्मेदवार परिचय कार्यक्रममा प्रचण्डले ओन्सारीलाई 'विकासे मन्त्री' बनाउने घोषणा गरेका थिए।

आजकै सभामा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना पनि गरेका छन्। ओलीले राजनीतिबाट संन्यास लिनुपर्ने समेत उनले बताएका छन्।

भने, 'केपी ओलीले नैतिक हिसाबमा राजनीतिमा रहँदिन भनेर भन्नु पर्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell