PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

यस्तो देखियो प्रदीप पौडेलको अन्तिम चुनावी सभा, फोटोहरु

यस्तो देखियो प्रदीप पौडेलको अन्तिम चुनावी सभा, फोटोहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं ५ मा गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी सभाको बिट महाराजगञ्जमा टुङ्ग्याएका छन्।

प्रदीपलाई मत माग्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि, नरहरि आचार्य र कांग्रेस महामन्त्री गगन थापासम्म पुगेका थिए। पूर्व प्रधानमन्त्री भट्टराईले प्रदीप काठमाडौं ५ का लागि उपयुक्त उम्मेदवार रहेको बताइरहँदा गगनले भने संसदमा दरिलो साथका लागि पौडेल चाहिएको बताएका थिए।

कांग्रेसका पुराना नेता नरहरिले भने प्रदीप युवामात्र नभएर कार्यशैली राम्रो भएको नेता भएको बताए। सभालाई सम्बोधन गर्दै प्रदीपले आफूले गगनसँग मिलेर संसदमा भ्रष्टाचारविरुद्ध जेहाद छेड्ने वाचा गरे।



ट्रेन्डिङ पोस्ट

Ncell