PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

गठबन्‍धनले समाजवादको मर्मलाई आत्मसात् गरेको छः कोइराला



पहिलोपोस्ट

गठबन्‍धनले समाजवादको मर्मलाई आत्मसात् गरेको छः कोइराला

विराटनगरः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले लोकतान्त्रिक–वाम गठबन्धनले लोकतान्त्रिक समाजवादको मर्मलाई आत्मसात् गरेको बताएका छन्।

मतदानपूर्व अपिल जारी गर्दै नेता डा. कोइरालाले गठबन्धन लोकतान्त्रिक समाजवादप्रति दृढ रहेको धारणा प्रकट गरेका हुन्।

कोइरालाको भनाइ छ, ‘काङ्ग्रेस नेतृत्वको गठबन्धन यो पार्टीका संस्थापक अग्रजहरूले परिकल्पना गरेको समृद्ध र समुन्नत नेपालको निर्माणमा जुटेको छ।’

उनले आगामी मङसिर ४ को निर्वाचन ऐतिहासिक हुने उल्लेख गर्दै निर्वाचनका माध्यमबाट बन्ने सरकार लोकतान्त्रिक, जनताप्रति उत्तरदायी, भ्रष्टाचारमुक्त, पारदर्शी र असल शासनप्रति जिम्मेवार होस् भनी सबैले हेक्का राख्नुपर्ने धारणा प्रकट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell