PahiloPost

Jun 15, 2025 | १ असार २०८२

नेपाल यूएई सिरिजको निर्णायक खेल आज, कसले जित्ला सिरिज?



पहिलोपोस्ट

नेपाल यूएई सिरिजको निर्णायक खेल आज, कसले जित्ला सिरिज?
फाइल फोटो

काठमाडौं: नेपाल र यूएईबीच जारी एकदिवसीय सिरिजको तेस्रो निर्णायक खेल आज हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। सिरिज १-१ को बराबरी भएको अवस्थामा आजको खेल निर्णायक बन्ने छ।

सिरिजको पहिलो खेलमा सोमवार सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो।

त्यस्तो दोस्रो खेलमा बुधवार नेपालले ३ विकेटको जित निकालेको थियो। उक्त खेलमा खेलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

नेपाल र यूएईबीचको पछिल्ला पाँच खेलमा नेपालले २ जित निकाल्दा यूएईले तीन जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell