PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ट्वीटरले अर्को हप्तासम्मको लागि बन्द गर्‍यो कार्यालयहरु



पहिलोपोस्ट

ट्वीटरले अर्को हप्तासम्मको लागि बन्द गर्‍यो कार्यालयहरु
Photo: Justin Sullivan/Getty Images

ट्वीटरले आफ्नो कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले कर्मचारीहरूलाई कार्यालयका भवनहरू तत्काल लागू हुनेगरी अस्थायी रूपमा बन्द हुने बताएको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले कर्मचारीहरुलाई पठाएको सन्देशमा नोभेम्बर २१ सोमवारदेखि कार्यालयहरू पुनः खुल्ने बताइएको छ। कम्पनीले कार्यालय बन्द गर्नुको कारणबारे खुलाएको छैन।

इलोन मस्कले ट्वीटरको स्वामित्व लिएपछि कर्मचारीहरूलाई ‘लामो समयसम्म धेरै काम’ गर्न वा राजीनामा दिन आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टहरूका बिच यो घोषणा आएको हो।

कर्मचारीलाई पठाइएको सन्देशमा अघि भनिएको छ : ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनीको नीतिको पालना गर्नुहोला।’

कर्मचारीलाई ट्वीटरले पठाएको सन्देश। फोटो : बीबीसी।


यस महिनाको सुरुवातमा कम्पनीले आफ्नो जनशक्तिको लगभग ५० प्रतिशत कटौती गरिरहेको बताएको थियो। मस्कको नयाँ सर्तहरू स्वीकार नगरेको कारण ठूलो संख्यामा कर्मचारीहरूले राजीनामा दिएको संकेतका बिच ट्वीटरले आफ्नो कार्यालयहरू अस्थायी रूपमा बन्द गरेको आजको घोषणा आएको हो।

एक पूर्व ट्वीटर कर्मचारीले बीबीसीलाई भने : ‘मलाई लाग्छ आज सबै साम्य भएपछि त्यहाँ सायद २ हजारभन्दा कम मानिसहरू बाँकी हुनेछन्।’

उनीहरूको टिमका सबैलाई बर्खास्त गरिएको उनले थपे।

मस्कको स्वामित्वअघि ट्विटरमा करिब ८ हजार कर्मचारी थिए। फर्मले हजारौँ करारका कामदारहरूलाई काममा राखेको रिपोर्ट गरिएको थियो, जसमध्ये अधिकांशलाई कामबाट निकालिएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell