PahiloPost

May 23, 2025 | १० जेठ २०८२

उत्तर कोरियाले परीक्षण गर्‍यो अर्को अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल



पहिलोपोस्ट

उत्तर कोरियाले परीक्षण गर्‍यो अर्को अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल
File Photo: REUTERS

उत्तर कोरियाले सम्भावित अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ। आइसीबीएम उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकबाट प्रक्षेपण गरिएको सियोलका सैन्य प्रमुखहरूले बताएका छन्।

जापानले उक्त मिसाइल उत्तरी होक्काइडो टापु नजिकै रहेको एउटा टापुको पश्चिमस्थित पानीमा खसेको जनाएको छ।

बिहीवार उत्तर कोरियाका विदेशमन्त्री चो सन हुईले क्षेत्रीय उपस्थितिलाई बलियो बनाउने अमेरिकी योजनालाई ‘बलियो’ जवाफ दिने चेतावनी दिए। उत्तर कोरियाले सोही दिन छोटो दूरीको ब्यालेस्टिक मिसाइल पनि प्रक्षेपण गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली नेता युन सुक-योल र जापानका प्रधानमन्त्री फुमियो किशिदाबिच आइतवार कम्बोडियामा शिखर सम्मेलनको क्रममा भेटवार्ता भएपछि उत्तर कोरियाले यस्तो कदम चालेको हो।

भेटवार्तापछि बाइडेनले तीन राष्ट्र उत्तर कोरियाको ‘उत्तेजक व्यवहार’विरुद्ध ‘पहिलेभन्दा बढी एकताबद्ध’ भएको बताएका थिए। उनका राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाले सातौँ आणविक हतियार परीक्षण गरेमा ‘एकीकृत प्रतिक्रिया’ दिने दाबी गरेका थिए। जसको अमेरिका र दक्षिण कोरियाका गुप्तचर निकायहरूले महिनौँदेखि चेतावनी दिइरहेका थिए।

पछिल्लो सम्भावित आइसीबीएम स्थानीय समय अनुसार १०:१५ बजे प्रक्षेपण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell