PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

जावलाखेलको सार्वजनिक पार्कमा ‘बम’ जस्तै देखिने गरी कुकर राखेपछि…



पहिलोपोस्ट

जावलाखेलको सार्वजनिक पार्कमा ‘बम’ जस्तै देखिने गरी कुकर राखेपछि…

काठमाडौं : शुक्रवार बिहानै ललितपुरको जावलाखेलमा शङ्कास्पद बस्तु फेला परेको छ।

जावलाखेल निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ तथा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ गठबन्धनको सम्पर्क कार्यालय अगाडि रहेको सार्वजनिक पार्कमा बिहान ७ बजेर ४६ मिनेटमा मा स्थानीय बासिन्दाले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ललितपुर प्रहरी कन्ट्रोलमा खबर प्राप्त भएपछि नेपाल प्रहरीको टोली घटनास्थल पुगेर सुरक्षित गरेको थियो। त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली र सशस्त्र प्रहरी बलबाट समेत सुरक्षाका टोलीहरू घटनास्थल पुगेका थिए। पार्कमा कुकरमा रातो टेपले बरेर राखिएको थियो।

सेनाको टोलीले निष्क्रिय पारेपछि उक्त बस्तु विस्फोटक पदार्थ कुनै विस्फोटक पदार्थ नभई झुकाउनको लागी राखिएको प्रेसर कुकर मात्र राखिएको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell