PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'



पहिलोपोस्ट

पशुपति शर्माको गीत 'मिथ्या सूचनाबाट बचौं साथी हो'

काठमाडौं : चर्चित लोक गायक पशुपति शर्माको मिथ्या सूचनाबाट बच्‍नपर्ने सन्देश सहितको गीत सार्वजनिक भएको छ। निर्वाचनको मुखमा भ्रमपूर्ण सामग्रीको प्रयोग अत्याधिक हुने सम्भावना भएकाले 'मिथ्या सूचनाबाट बचौं साथी हो' बोलको गीत ल्याएको हो।

सोसल मिडियाको प्रयोगका कारण गलत सामग्री भाइरल हुने प्रवत्ति बढिरहेको समयमा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सन्देशमूलक गीत तयार पारिएको हो। 

पशुपति शर्माको शब्द रचना, संगीत र स्वर रहेको गीतले भ्रमपूर्ण सूचनाबाट बच्न आग्रह गर्छ।

'यो व्यवसायिक गित होइन सेन्टर फर मिडिया रिसर्च नेपालको परिकल्पनामा यहाँहरुलाई गलत सुचनाबाट जोगिनका लागि केही सन्देश दिने प्रयास गरिएको छ हेरेर मनन गर्नु होला है,' गीतबारे शर्माले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell