PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फ्राइडे रिलिज : अजयको फिल्म ‘दृश्यम २’ प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : अजयको फिल्म ‘दृश्यम २’ प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एउटा मात्रै फिल्म प्रदर्शनमा आएको छ। जसअन्तर्गत बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' रिलिज भएको हो।

सोलो प्रदर्शनको मौका पाएसँगै यस फिल्मले आक्रामक ओपनिङको संकेत देखाएको छ। क्युएफएक्स, बिग मुभिज र वान सिनेमाज जस्ता मल्टिप्लेक्सहरुले फिल्मलाई उच्च शो दिएका छन्। जसमध्ये लगभग ५० प्रतिशत शोहरु सोल्डआउट भइसकेका छन्। भारतमा रिलिज अघि नै १ लाख २७ हजार अग्रिम टिकट बिक्री भएको फिल्मले राम्रो व्यापार गर्ने देखिन्छ।

यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। अभिषेक पाठक निर्देशित यस फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय छ।

त्यसैगरि, राम्रो व्यापार गरिरहेको नेपाली फिल्म ‘महापुरुष’ पनि आजबाट चौथो सातामा प्रवेश गरेको छ। ‘महापुरुष’सँगै हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर’, बलिउड फिल्म ‘उचाई’ र साउथ फिल्म ‘कान्तारा’ पनि प्रदर्शनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell