PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य



पहिलोपोस्ट

अफ्ठ्यारो अवस्थामा आयनको अर्धशतक, नेपाललाई सिरिज जित्न १ सय ७७ रनको लक्ष्य

काठमाडौं: नेपाल यूएई सिरिजको तेस्रो खेलमा नेपाललाई यूएईले १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए।

यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन बनाए। त्यसअघि ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा अर्का ओपनर बृत्य अरविन्द डक आउट भएका थिए। त्यस्तै कप्तान सीपी रिजवान ४ रनमा आउट भएका थिए। पछिल्लो क्रममा आएका ब्याट्सम्यानले पनि दोहोरो अंकको रन जोड्न नसकेको अवस्थामा आयान र बिलालले सानदार पारि खेलेका हुन्। आयन ५४ रनमा अविजित रहँदा बिलाल २० रनमा अविजित रहे।

बलिङतर्फ नेपालका गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

सिरिज १-१ को बराबरी भएको अवस्थामा आजको खेल निर्णायक बन्ने छ।

सिरिजको पहिलो खेलमा सोमवार सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो।

त्यस्तो दोस्रो खेलमा बुधवार नेपालले ३ विकेटको जित निकालेको थियो। उक्त खेलमा खेलमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell