PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...



समर्थ रञ्जित

जब पहिलो पारि सकिनासाथ टीयू मैदान पस्ने गेट भत्कियो...

काठमाडौं : कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यूएईले पहिलो पारि ब्याटिङ गर्‍यो। पहिलो पारि सकिने बित्तिकै गेट बाहिर बसेका दर्शकहरु भित्र प्रवेश गर्न खोजे। प्रेसरले गेट भत्कियो।

हाल दोस्रो पारिमा नेपाल ब्याटिङमा केही बेरमा उत्रिँदैछ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले फितलो सुरुवात गरे पनि आयान अफ्जल खान र हजरत बिलालले ८३ रनको साझेदारी गर्दै यूएईको पारि उकासेका थिए।

यूएईका लागि एलिसन सरफूले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन बनाए। त्यसअघि ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा अर्का ओपनर बृत्य अरविन्द डक आउट भएका थिए।

त्यस्तै, कप्तान सीपी रिजवान ४ रनमा आउट भएका थिए। पछिल्लो क्रममा आएका ब्याट्सम्यानले पनि दोहोरो अंकको रन जोड्न नसकेको अवस्थामा आयान र बिलालले सानदार पारि खेलेका हुन्। आयन ५४ रनमा अविजित रहँदा बिलाल २० रनमा अविजित रहे।

बलिङतर्फ नेपालका गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell