PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित



पहिलोपोस्ट

फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता अनुबन्धित

काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छिन्। शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले मुख्य भूमिकाको लागि नम्रतासँग सम्झौता गरेका हुन्।

फिल्ममा अब नम्रता अभिनेता आमेश भण्डारीको जोडीको रुपमा देखिनेछिन्। स्क्रिप्ट र चरित्र राम्रो लागेपछि फिल्म साइन नम्रताको भनाइ छ।

आमेश र नम्रताका साथै फिल्ममा सरोज खनाल, राजाराम पौडेल, स्मृति वलीको अभिनय रहनेछ। फिल्मका अन्य कलाकार चाँडै छनोट हुन भने बाँकी नै छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा कथा र गीत खातीको रहनेछ। लमजुङ, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायाङ्कन हुने फिल्मको सुटिङ आगामी माघ २० गतेबाट सुरु गर्ने निर्माण टिमको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell