PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चितवनमा मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा



रासस

चितवनमा मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा
फोटो : कृष्ण आचार्य/रासस

भरतपुर : चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

चितवन क्षेत्र नम्बर १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ। त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै, क्षेत्र नम्बर २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए। सो ठाउँमा शुक्रवार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए।

क्षेत्र नम्बर २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ। यस्तै, चितवन क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ।

यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ। अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए।

उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए। उनले सबै ठाउँमा आवश्यकता अनुसार कर्मचारी खटाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell