PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

निर्वाचन आयोगको कार्यालय बाहिर मोहन वैद्यका कार्यकर्ताको प्रदर्शन

निर्वाचन आयोगको कार्यालय बाहिर मोहन वैद्यका कार्यकर्ताको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भोलि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत देशभर मतदान हुँदैछ। मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

तर, केही समूह भने निर्वाचन बिथोल्न लागिपरेका छन्। आज नेकपा क्रान्तिकारी माओवादी का कार्यकर्ताले निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्।

करिब १० जनाको समूहमा उनीहरु प्रदर्शन गर्न पुगेका थिए। लगतै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। नाराबाजी गर्दै गर्दा प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी परेको थियो। प्रहरीले सबै प्रदर्शनकारीलाई पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell