PahiloPost

Jun 15, 2025 | १ असार २०८२

बाबुको हत्या गरेको अभियोगमा छोरा समातिए



पहिलोपोस्ट

बाबुको हत्या गरेको अभियोगमा छोरा समातिए

काठमाडौंः बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

आफ्नै बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको हो। घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell