PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्।

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

सोही मतदान केन्द्रको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell