PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

सडकमा खेलिरहेको सात वर्षीय बालकलाई पानीको ट्याङ्करले ठक्कर दिँदा मृत्यु



पहिलोपोस्ट

सडकमा खेलिरहेको सात वर्षीय बालकलाई पानीको ट्याङ्करले ठक्कर दिँदा मृत्यु

काठमाडौः भक्तपुरमा पानीको ट्याङ्करले ठक्कर दिँदा सात वर्षीय बालकको मृत्यु भएको छ।

शनिवार बिहान भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी कासन पुल स्थितमा झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बर को पानी ट्याङ्करले बालकलाई ठक्कर दिएको थियो।रामेछाप सुनापाती गाउँपालिका वडा नम्बर ४ घर भएका रवीन्द्र तामाङको छोरा सात वर्षीय बिवेश तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको।

अनुसन्धानको लागि ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका वडा नम्बर ९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell