PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

मनाङको यी मतदान केन्द्र जहाँ १०० भन्दा कम मतदाता छन्



पहिलोपोस्ट

मनाङको यी मतदान केन्द्र जहाँ १०० भन्दा कम मतदाता छन्

काठमाडौं : हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन्।

नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।

मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उनको भनाइ छ। चामे-५ स्थित वडा कार्यालय भवन केन्द्रमा ९६ मतदाता छन्। शर्माका अनुसार नार्पाभूमि-१ नारगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा ९६ जना, फु आधारभूत विद्यालय मतदान केन्द्रमा ७८ जना र नार्पाभूमि-५ फुगाउँस्थित वडा कार्यालय भवनको मतदान केन्द्रमा सबैभन्दा कम ७१ जना मतदाता छन्।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ६८७ जना, चामे गाउँपालिकामा ७७७ जना, नार्पाभूमि गाउँपालिकामा ४६८ जना र नासों गाउँपालिकामा तीन हजार ६४७ जना मतदाता छन्। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ६ हजार ७७९ मतदाता छन्। जसमा प्रदेशसभा १ मा दुई हजार ६२४ मतदाता र प्रदेशसभा २ मा चार हजार १५५ मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell