PahiloPost

May 23, 2025 | १० जेठ २०८२

'बियर बिना पनि बाँच्न सक्छन् विश्वकप फ्यानहरु'



पहिलोपोस्ट

'बियर बिना पनि बाँच्न सक्छन् विश्वकप फ्यानहरु'
Photo : Getty Images

भोलिबाट फिफा विश्वकप २०२२ सुरु हुँदैछ। कतारमा हुने विश्वकपको तयारी लगभग सबै सकिएको छ। खेलाडीहरु प्रतियोगिता आयोजक राष्ट्र पुगिरहँदा फुटबल फ्यानहरु पनि फुटबलको महाकुम्भ हेर्न कतार पुगिरहेका छन्।

यसपटकको विश्वकपमा खेल आयोजना हुने रंगशालामा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघि यो नियम घोषणा गरेको हो।

मुस्लिम राष्ट्र कतारमा मदिरा खुला रुपमा बिक्री वितरण हुँदैन। मदिरा बिक्री वितरण र सेवनका लागि निश्चित ठाउँ तोकिएको हुन्छ। त्यसैले पनि फिफाले यो नियम लागू गरेको हुनसक्ने अनुमान गरिएको छ।

यसपटक विश्वकपमा बियर बेच्नका लागि फिफाले बडवाइजरलाई 'एक्सक्लुसिभ राइट्स' दिएको छ। तर, स्टेडियममा बियर नै बेच्न रोकिएपछि बडबाइजरलाई ठूलै धक्का लागेको छ। यद्यपि, बडवाइजरले यो विषय आफूहरुको नियन्त्रण बाहिर रहेको स्पष्ट गरिरहेको छ।

फिफाले मदिरा बिक्री वितरण र सेवनका लागि 'होस्ट' राष्ट्र कतारसँगको समन्वयमा लाइसेन्स्ड भेन्यूसहित अन्य स्थलको व्यवस्था गर्नेछ।

फिफा अध्यक्ष गिन्नी इन्फान्टिनोले फुटबल फ्यानहरु बियर बिना बाँच्न सक्ने बताएका छन्। बियरमा प्रतिबन्ध लाग्ने भएपछि प्रश्न उठिरहेका बेला उनले भने, 'दिनको ३ घण्टाको लागि कसैले बियर नपिए पनि उ बाँच्छ। यो फ्रान्स स्पेन र स्कटल्यान्डको लागि पनि लागू हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell