
हेटौंडाः आइतबार हुने प्रनिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तयारी सम्पन्न भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा मतदान केन्द्र निर्माण सम्पन्न भएको छ।
मतदान केन्द्रहरुमा सुरक्षाकर्मी र कर्मचारी पुगेसँगै छेकबार लगाउने, मतपेटिका राख्नेलगायतका काम सम्पन्न भएको छ। कर्मचारीहरुले निर्वाचन कार्यालयबाट सामग्री बुझेर सबै मतदान केन्द्रमा मतपत्र पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। जिल्लाका ३६६ वटै मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री पठाइएको निर्वाचन कार्यालय प्रमुख लुम्बानाथ पोखरेलले जानकारी दिए।
जिल्लामा ७३० मतदान केन्द्र रहेका छन्। तीन हजारभन्दा बढी कर्मचारी निर्वाचनका लागि खटिएका छन्।