PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

कसरी हाल्ने मत? के गरे हुन्छ मत बदर?



पहिलोपोस्ट

कसरी हाल्ने मत? के गरे हुन्छ मत बदर?
फाइल फोटो।

काठमाडौं : अहिले बिहान ७ बजेदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरु हुँदैछ। एकै चरणमा निर्वाचन हुन लागेको हो। निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

मतदाता परिचय पत्र भएका तथा नभए पनि सरकारी परिचय पत्र भएका मतदाताले आफ्नो मतदान केन्द्रमा मत खसाल्न सक्ने छन्। प्रदेश तथा प्रतिनिधिसभाका जम्मा प्रत्यक्ष तथा समानुपातिक गरि ८२५ जना प्रतिनिधि चयन हुने छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५, समानुपातिकमा ११० तथा प्रदेशमा प्रत्यक्षमा ३३० र समानुपातिकमा २२० जना निर्वाचित हुन लागेका हुन्।

कसरी हाल्ने मत? के गरे हुन्छ मत बदर?

दुई वटा कोठाको बिचमा स्वस्तिक छाप लगाए मत बदर हुने निर्वाचन आयोगले जनाएको छ। यस्तै, मतदाताले आफूले चाहेको चिन्हमा मात्रै मत हाल्नुपर्ने छ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक गरि चार मत पत्रमा मत दान गर्नुपर्ने व्यवस्था छ। स्वस्तिक छाप लगाउँदा बुझिनेगरि लगाउनुपर्ने नभए बदर हुने छ।

स्वस्तिक छापको सटठ्टा ओठा छाप लगाए तथा कोठाभन्दा बाहिर मत हाले पनि मत बदर हुने छ। यस्तै, मतपत्र च्यातिएको अवस्थामा पनि मत बदर हुने आयोगले जनाएको छ। मतदान गर्दा मोबाइल फोन लिन नमिल्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell