PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आज सुरक्षा व्यवस्था कडा, नेपाली सेनाले हवाई गस्ती गर्दै



पहिलोपोस्ट

आज सुरक्षा व्यवस्था कडा, नेपाली सेनाले हवाई गस्ती गर्दै

काठमाडौं : आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। संघमा २७५ र प्रदेशमा ५५० सदस्यका लागि निर्वाचन हुन लागेको हो। एकै चरणमा निर्वाचन हुन लागेको निर्वाचनको प्रतिनिधिसभातर्फ २७५ सदस्यका लागि दुई हजार ४१२ जना प्रतिस्पर्धामा छन्।

निर्वाचनमा विरोधमा हुनसक्ने गतिवधिलाई ध्यानमा राख्दै शान्तिपूर्ण निर्वाचन गर्ने सरकारले कडा शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ। देशभर नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु परिचालन गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७५ हजार नेपाली सेना, ७१ नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ। त्यस्तै २ हजारको सङ्ख्यामा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन्।

त्यस्तै, नेपाली सेनाले हवाई गस्ती समेत सुरु गरेको छ। देशको कुनै पनि ठाउँमा ३० मिनेटमा पुग्ने गरी सेनाको टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ।यस्तै, विभिन्न प्रदेशहरूको इटहरी, सुर्खेत, काठमाडौं लगायत स्थानमा सेनाको हेलिकप्टर पनि तयारी अवस्था रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्ने साना तथा ठूला लाइसेन्स भएका र गौर कानुनी रुपमा राखिएको हातहतियार समेत नियन्त्रणमा लिइएको छ। अहिलेसम्म २ हजार २५ वटा हतियार नियन्त्रणमा लिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेरेर औशतरुपमा एउटा निर्वाचन स्थलमा ८ जना सुरक्षाकर्मी राखिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell