PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

आज चुनावका बेला कुन कुन सवारी चल्छन्?



पहिलोपोस्ट

आज चुनावका बेला कुन कुन सवारी चल्छन्?

काठमाडौं : आज प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन हुँदैछ। निर्वाचनका कारण सार्वजनिक यातायात आज संचालनमा रहने छैन। अति आवश्यक बाहेकका सवारीलाई आज निषेध गरिएको छ। यसअघिका निर्वाचनमा यातायातका लागि जारी गरिने 'पास' आज भने जारी गरिएको छैन।

बिरामी बोकेका एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधनले पनि अनुमति लिनुपर्ने छैन।
दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधनले पनि अनुमति लिनुपर्ने छैन। 

अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन पनि चुनावका बेला चल्न पाउने छन्। 

तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन

विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि निर्वाध सञ्चालन हुने छन्। तर यी सवारी साधनमा मतदाता ओसार्न भने नपाइने आयोगले जनाएको छ। 

निर्वाचन आयोगले पत्रकारका सवारी सधानलाई मतदानका बेलामा परिचय पत्रका आधारमा चल्न दिने भएको छ। अनुमति नलिएरै निर्वाध रुपमा पत्रकारका सवारी साधन सञ्चालन हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।

'सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,' आयोगको निर्णमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell