PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?



पहिलोपोस्ट

मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना, कति समय लाग्ला गन्न?
फाइल फोटो

काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मतदान सकिनासाथ सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

मतदान अधिकृतको कार्यालयमा मत गणनाका लागि शनिबार नै पूर्वाधार तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

‘१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको थियो। मतदान अधिकृतको कार्यालमै मतगणना हुन्छ,’ उनले भने।

मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइसकेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनका बेलामा मतपरिणाम आउन लामो समय लागेको भन्दै निर्वाचन आयोगको आलोचना भएको थियो।

स्थानीय तह निर्वाचनका बेलामा जस्तो लामो समय मतगणनामा नलाग्ने आयोगको भनाइ छ। धेरै उम्मेदवारको निर्वाचन गराउनु परेकाले स्थानीय तह निर्वाचनमा मत गणनामा पनि ढिलाइ भएको थियो।

स्थानीय तह निर्वाचनको मतगणनास्थलमा जस्तै प्रदेश तथा प्रतिनिधि सभाको गणनामा पनि कतिपय स्थानमा तार जाली लगाइएको छ। गणनाका बेलामा हुनसक्ने विवाद रोक्न पछिल्ला वर्षमा केही स्थानमा तार जाली लगाएर गणना गरिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell