PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौंमा कस्तो छ मतदानको अवस्था ?



पहिलोपोस्ट

काठमाडौंमा कस्तो छ मतदानको अवस्था ?

काठमाडौं : राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ। उनका अनुसार  काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ।

प्रजिअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको उपाध्यायले बताए।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य सडक चोक सुनसान बनेको छ। दैनिक सवारी साधन आवागमनले भीडभाड र व्यस्त रहने उपत्यकाका सडक आज बिहानैदेखि खाली छन्। अत्यावश्यक कामकाजी सर्वसाधारण वैकल्पिक माध्यमबाट गन्तव्यतिर गइरहेका देखिन्छन्।

काठमाडौंको कोटेश्वर, महाराजगञ्ज, बालाजु, कलङ्की, कालीमाटी, थापाथली, नयाँबानेश्वरलगायत व्यस्त सडक सुनसान छन्। भक्तपुर र ललितपुरका सडक पनि सुनसान छन्। पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा होल्डिङ सेन्टर बनाएर राखेको छ। भद्रकाली, कोटेश्वर, कलङ्कीलगायत मुख्य चोकमा बिनापासका उल्लेख्य सङ्ख्यामा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ। निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनमात्रै संचालन भइरहेका छन्।

मतदानका आज बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द हुनेछ। प्रेस, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने संचालन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell