PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

२० जना मतदाता रहेको केन्द्रीय कारागारमा ७ मत खस्यो



पहिलोपोस्ट

२० जना मतदाता रहेको केन्द्रीय कारागारमा ७ मत खस्यो

काठमाडौंः केन्द्रीय कारागार सुन्धारामा निर्वाचन निर्वाचन भएको छ।

बिहान ७ बजेदेखि मतदान भएको कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। २०  जना मतदाता रहेको कारागारमा  ७ जना कैदी बन्दीले मतदान गरेका छन्। कर्मचारी र कैदी बन्दी गरेर २० जना मतदाता थिए। तर केही कर्मचारी निर्वाचनको लागि बाहिर खटिएकाले ८ जना मात्र मतदाता भएको जेलर पाण्डेले बताए।

'८ जना मतदाताले भोट गर्नेमा ७ जनाको मत खसेको छ,' जेलर पाण्डेले भने।

काठमाडौंका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाले मतदान गर्न पाउनेछन्। कारागार कार्यालय काठमाडौंमा ११० जना र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुरमा ५२ जना कैदीबन्दीले मतदान गर्नेछन्। कारागार कार्यालय जगन्नाथलेवलमा तीन हजार चार सय, कारागार कार्यालय काठमाडौंमा ६५० र कारागार कार्यालय ललितपुरमा एक हजार चार सय २० भन्दाबढी कैदीबन्दी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell