PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

इलोन मस्क आएपछि खुल्यो डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट



पहिलोपोस्ट

इलोन मस्क आएपछि खुल्यो डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट
File Photo: BRENDAN SMIALOWSKI/AFP Via Getty Images

ट्वीटरका नयाँ मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट खुला गरिएको बताएका छन्। ट्वीटरमै उनले गरेको एक सर्वेक्षणपछि ट्रम्पको अकाउन्ट खुला गरिएको उनले बताए।

‘मानिसहरूले आफ्नो मत दिएका छन्,’ मस्कले ट्वीट गर्दै डेढ करोडभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्ये ५१.८ प्रतिशतले प्रतिबन्ध हटाउनको लागि मतदान गरेको बताए।

 

तर, पूर्व अमेरिकी राष्ट्रपति प्लेटफर्ममा नफर्कन सक्ने आँकलन गरिएको छ। यसअघि उनले भनेका छने, ‘म यसको लागि कुनै कारण देख्दिनँ।’

हिंसा भड्काउने जोखिमका कारण उनको खाता २०२१ मा निलम्बन गरिएको थियो। ट्वीटरको अघिल्लो व्यवस्थापनले जनवरी ६ मा डोनाल्ड ट्रम्पका समर्थकहरूले वाशिंगटन डीसीस्थित अमेरिकी क्यापिटोलमा आक्रमण गरेको केही दिन पछि उनको अकाउन्ट ‘सस्पेन्ड’ गरेको थियो।

ट्वीटरमा प्रतिबन्ध लागेपछि ट्रम्पले आफ्नै सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ खोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell