PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मतदानपछि तोसिमाले भनिन् : रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश



पहिलोपोस्ट

मतदानपछि तोसिमाले भनिन् : रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार डा तोसिमा कार्कीले मतदान गरेकी छिन्। ललितपुर महानगरपालिका वडा नम्बर १८ मा रहेको रत्नज्योति परिवार महिला भवन मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन्।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी पम्फा भुसाललाई टक्कर दिइरहेकी उनको चर्चा पछिल्लो समय ह्वात्तै बढेको हो। निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्नु र सर्वोच्च अदालतले उम्मेदवारी कायम राखेयता उनी चर्चामा छिन्।

मतदान गरेपछि उनले सामाजिक संजालमा रक्तदानले व्यक्ति बचाउने र मतदानले देश बचाउने उल्लेख गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell