PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

असिग्राम माविमा प्रधानमन्त्रीले गरे मतदान, २०४८ सालदेखि डडेलधुराबाट जितिरहेका छन् देउवा



पहिलोपोस्ट

असिग्राम माविमा प्रधानमन्त्रीले गरे मतदान, २०४८ सालदेखि डडेलधुराबाट जितिरहेका छन् देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

देउवा केही दिनदेखि डडेलधुरामा छन्। वि सं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्।

प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell