PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राजनीतिक विवादमा पारिवारिक झडपः एक जनाको मृत्यु, फरारको खोजीमा प्रहरी



पहिलोपोस्ट

राजनीतिक विवादमा पारिवारिक झडपः एक जनाको मृत्यु, फरारको खोजीमा प्रहरी

काठमाडौंः सर्लाहीको गोडैता नगरपालिकामा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका ६ मा शनिबार राति करिब १० बजे दुई पक्षबीच झडप भएको हो। झडपमा ६५ वर्षीय रामएकवाल रायको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख थानेश्वर गौतमले बताए।

'राजनीतिक विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ,' गौतमले भने।

राजनीतिक विषयमा एउटै खलकभित्रका व्यक्तिबीच विवाद भएको थियो। हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। त्यस्तै फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell